२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सडकको स्वरुप परिवर्तन गर्दा स्थानीयलाई सास्ती

वडाले सडकको स्वरुप परिवर्तन गरी सिंढी निर्माण गर्दै। तस्बिर : श्याम राई

काठमाडौं – काठमाडौं महानगरपालिका ७ वडाले जथाभावी सडकको स्वरुप परिवर्तन गर्दा स्थानीयबासीले सास्ती पाएका छन्।

गौरीघाट चोकबाट संगम चोकतर्फ जाने दाहिनेतर्फको ओरालो सडक झरी फाटगल्ली निस्कने सडकमा बडाले सिंढी बनाएको छ। सडकको स्वरुप परिवर्तन गर्दा सवारी साधन आवगमनमा अवरोध भएको भन्दै स्थानीयबासीले वडा कार्यालयमा गत आइतबार उजुरी समेत हाले।

स्थानीयबासी डा. राजकुमार सुवेदीका अनुसार उक्त ठाउँमा करिब ६ मिटर उकालो छ। त्यही ठाउँबाट गुह्येश्वरी, नयाँबस्तीको मुख्य सडक पुगिन्छ। विगतमा सजिलैसँग सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने बाटोमा वडाले पैदल यात्रु मात्रै हिँड्न मिल्ने गरी सिंडी बनाउँदा स्थानीयबासीलाई समस्या परेको छ।

उक्त ठाउँमा सडक अवरुद्ध भएपछि घर जानलाई पनि घुमेर आउनुपर्छ। बाटोभरि निर्माण सामग्रीहरु थुपारिएका छन्। सुवेदीले भने, ‘सञ्चालनमा आउदै गरेको उक्त सडकको स्वरुप परिवर्तन गर्दा हामीले सास्ती भोग्नु परेको छ। सडक प्रविधिमैत्री बनाई सवारीसाधन सञ्चालन गर्न वातावरण मिलाइदिओस् भनी वडामा उजुरी दिएका छौं।’ उनले बताएअनुसार ४ वर्ष पहिले स्थानीबासीद्वारा पैसा संकलन गरी त्यस ठाउँमा ढुंगा छापिएको थियो। सबै उपभोक्तासँग छलफल नै नगरी दुईचार जना स्थानीयको निर्णयमा आपूmखुसी ढंगबाट जथाभावी रुपले वडाले काम गर्दै आएको सुवेदीको आरोप छ।

करिब २० फिटको फराकिलो सडकमा सिंढी नै बनाउने हो भने पनि एकातर्फबाट मोटरसाइकल आवागमन गर्न मिल्ने गरी सडक निर्माण गर्नुपर्ने स्थानीयबासीकोे माग छ।

काम थाल्नु अघि नै वडाले अरु इन्जिनियलाई अनुगमन नै नगरार्ई काम थाल्दा सास्ती भएको स्थानीय बताउँछन्। वडाका इन्जिनियर निर्मल भट्टराईले भने सडक उकालो भएकाले सधैं दुर्घटना हुने भएकाले त्यस ठाउँमा सिंढी हालिएको बताए। उनले भने, ‘घुम्ती सडक भएकाले सवारी दुर्घटना बढी हुने भएकाले पैदल यात्रु मात्रै हिँड्ने मिल्ने गरी सिंढी बनाएका हौं।

सबै उपभोक्तालाई असहज हुन्छ भने फेरि पक्ष र विपक्षसँग छलफल गरी काम गर्छौ।’ उनका अनुसार केही स्थानीयले सिंढी हाल्ने र केहीले नहाल्ने भनेकाले सबै उपभोक्तालाई बोलाइ छलफल गर्ने भएको छ। त्यसपछि पुनः काम सुरु गरिनेछ। १५ प्रतिशत काम सकिए पनि वडामा उजुरी आएकाले तत्कालै काम रोक्न लगाइने उनले बताए।

प्रकाशित: १२ मंसिर २०७५ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App