५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वृद्धको शव फेला

तनहुँ - तनहुँमा एक वृद्धको शव फेला परेको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ कवासे स्थित बन्दै गरेकाे एक घरमा शुक्रबार विहान शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन।

शव भएको स्थानबाट करिव २ सय मिटरमाथि बेसारेगौडा डाँडामा कपडा, चप्पल र बिस्कुट भेटिएको प्रहरीले जनाएको छ। सो स्थानबाट वृद्धलाई उक्त घरमा ल्याइएको अनुमान गरिएको छ। ठाउँठाउँमा रगत देखिएको छ भने शवलाई छोपिएर राखिएको थियो। शवको अनुहारमा चोट देखिन्छ।

वृद्धको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।  घरमा काम गर्न आएकी एक महिलाले शव देखे पछि प्रहरीलाई खबर गरेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक श्रवण कुमार विकले जानकारी दिए। 

प्रकाशित: ७ मंसिर २०७५ ०९:०० शुक्रबार

तनहुँ शव_फेला