४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पाटन संग्रहालयमा अडियो भिडियो कक्ष

काठमाडौं – ललितपुरको पाटन संग्रहालयमा अडियोभिडियो कक्ष सुरू भएको छ । कलासंस्कृतिको जर्गेना, प्रचारप्रसार र उचित संरक्षणका लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो । मंगलबारदेखि सुरू भएको अडियोभिडिया कक्षमो मूर्त र अमूर्त सांस्कृतिक विषयवस्तुको सामग्री हेर्न सकिने छ । संग्रहालयको वार्षिकोत्सवको अवसरमा सो कक्ष सुरू गरिएको हो।

पाटन दरबारमा सुन्दरीचोक, कृष्ण मन्दिर, चारनारायण मन्दिर, हरिशंकर मन्दिर, भीमसेन मन्दिर, पाटन संग्रहालय तथा अन्य कयौं ऐतिहासिक मठ मन्दिरलगायतका ऐतिहासिक धरोहरहरु छन् । संग्रहालयका अधिकृत सुरेशमान लाखेका अनुसार पाटन दरबार घुम्नले अब अडियो र भिडियोका माध्ययमबाट उपत्यकाको मौलिक कला संस्कृतिको झल्को पाउने छन् । ‘यो बेग्लै खालको कक्ष हो । यहाँ आएर उपत्यकाको कुनै लोपोन्मूख जात्रा वा पर्वलाई दृश्यमार्फत दर्शकले नियाल्न पाउनेछन्,’ उनले भने, ‘सयम क्रममा यसलाई अझ व्यवस्थित गराउनेछौं ।’ उनका अनुसार अहिलेउक्त डिस्प्लेमा काठमाडाैंबाट गोसाँइकुण्डसम्मको तीर्थयात्राको दृश्य देखाइएको छ।

यसैअन्तर्गत सो तीर्थयात्राको थांका पनि डिस्प्लेमा छ । सो डिस्प्लेमा उपत्यकाका जात्रा पर्व पनि देखाइने छ । पाटनको मताया जात्रा, कात्तिक नाच, देवी नाचलगायत धेरै नाचलाई अडियो र भिडियोका माध्ययमबाट देखाइने छ।

संस्कृतिविद् सत्यमोहन जोशीले यस्तो डिस्प्ले बोर्डले विदेशीलाई नेपाली अमूर्त कला बुझाउन सहयोग गर्ने बताए । ‘समय धेरै फेरिएको छ । कुनैबेला नेपाली समाजमा यर्थाथ रुपमा देखाइने सांस्कृतिक नाच अब दृश्यमा मात्रै सिमित हुन पुगेका छन् । केही मात्रै हामीले जेनतेन चलाइराखेका छौं।

यदी यहाँका नाच र सांस्कृतिक पर्वलाई निरन्तर सञ्चालन गर्ने हो भने हामी संसारमै अलग बन्न सक्छौं,’ उनले भने । उक्त बोर्ड काठमाडौं उपत्यकाका संरक्षण कोष (केभिपिटी) को सहयोगमा निर्माण भएको हो। त्यस्तै, मंगलबारबाटै पाटन ग्लालरीमा सोलार बत्ति पनि जडान गरिएको छ । ४६ लाख लगानीमा करिब २० स्थानमा सोलार बत्ती जडान गरिएको संग्रहालयले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७५ ०४:२६ बुधबार

पाटन_संग्रहालय अडियोभिडियो_कक्ष