१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित एक पक्राउ

खोटाङ–खोटाङमा प्रहरीले एक युवालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २७ वर्षीय शुभराज राईलाई प्रहरीले लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो।

लोड गरेर तयारी अवस्थामा राखिएको एक थान भरुवा बन्दुक, गोली बनाउनका लागि राखिएको सिसाका टुक्रा, फलामका टुक्रालगायतका सामग्रीसहित उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए। साथमा भएको बन्दुक ‘जुनसुकै समयमा प्रयोग गर्ने’ भन्दै हिँडेको सूचनाका आधारमा राईलाई शनिबार अस्थाई प्रहरी चौकी बतासे भण्डारेघाटबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो। 

 

प्रकाशित: २५ कार्तिक २०७५ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App