१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुई बस ठोक्किंदा एकको मृत्यु, ३१ घाइते

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३- मालिङ्गगामा  शनिबार दुई वटा बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना. ७ ख ५२८१ नम्बरको बस र काठमाडौंबाट पर्यटक लिएर पोखरा जाँदै गरेको बा. १ प ६७७ नम्बरको बस ठोक्किएका हुन्।

मृत्यु हुनेमा बस चालक चितवन राप्ती नगरपालिका निवासी ४० बर्षिय ईश्वर भण्डारी रहेका छन्। उनी ना ७ ख ५२८१ नम्बरको बसको चालक हुन्। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाईतेहरुको मलेखु सामुदायिक अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। केहीलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।

 

प्रकाशित: २४ कार्तिक २०७५ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App