१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा ६ यात्रु घाईते

खोटाङ–खोटाङमा जीप दुर्घटना हुँदा ६ यात्रु घाईते भएका छन् । सुनसरीको धरानबाट ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका लागि छुटेको ना १ ज ५६२७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सवार यात्रु घाईते भएका हुन्। 

सोमबार राती रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित कोलडाँडामा सडकबाट जीप पल्टिँदा मोरङ पथरीका जीप चालक लक्ष्मण माझी, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका हर्कबहादुर भट्टराई, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका जर्मन भुजेल, उनकी श्रीमती सरिता भुजेल लगायत घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि काठ्माण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

दुर्घटनामा सामान्य घाईते भएका इटहरी उपमहानगरपालिका–१९ तरहराका खेमकुमारी बस्नेत र सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–४ जुबुका सञ्जिव गुरुङ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । ब्रेक फेल हुँदा जीप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: २० कार्तिक २०७५ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App