२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बृद्धालाई दिसा छर्केको आरोपमा आमा–छोरा पक्राउ

उयदपुर – बृद्धाको अनुहारमा उनकै दिसा छर्किदिएको आरोपमा उदयपुरका २ आमा–छोरा समातिएका छन्। स्थानीय ७५ वर्षीया बृद्धाको अनुहारमा उनकै दिसा छर्किदिएको आरोपमा  उदयपुरगढी गाउँपालिका–५ मौवासीकी ४५ वर्षीया गर्भी राई र उनकै छोरा २५ वर्षीय देबबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक्लै रहेकी बृद्धाको अन्नबाली गाईवस्तुले खाएको निहुमा बिबाद हुँदा आमा–छोरा मिलेर बृद्धालाई कुटपिट गर्नुका साथै दिसा गर्न लगाई उनकै अनुहारमा छर्किदिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ३ दिनअघिको घट्नाबारे महिला पुनस्र्थापना केन्द्र (ओरेक)को सहयोगमा आएको उजुरीका आधारमा अघिल्लो दिन दुवैलाई पक्राउ गरिएको हो।

पक्राउ दुवैलाई जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद थपी थप अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक बयानमा अभियुक्तद्वयले बृद्धाको अनुहारमा दिसा छर्किदिएको स्वीकारेको एसपी राईले बताए। अनुहारमा दिसा छर्कनु भनेको दिसा खुवाएसरहको अपराध भएकाले मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर कारबाही अघि बढाएको राईले बताएका छन्।

प्रकाशित: ९ कार्तिक २०७५ ०६:५१ शुक्रबार

अपराध पक्राउ