मेलम्ची- जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
बा४ख ९०१७ नंको टिपर साेमवार सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन्। उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए।
दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए।
प्रकाशित: ५ कार्तिक २०७५ ०८:१९ सोमबार