१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आठ महिने शिशुको बलात्कार पछि हत्या, डेढ महिनापछि अभियुक्त पक्राउ

महोत्तरी- आठ महिने शिशुको पनि कसैले बलात्कार पश्चात हत्या गर्छन भने कल्पना समेत गर्न सकिँदैन्। तर कल्पना भन्दा पनि पर रहेको घटना महोत्तरीमा घटेको पुष्टि भएको छ। महोत्तरीमा एक महिना २२ दिन अघि आमाको काखैबाट खेलाउने बहानामा अपहरण पश्चात बलात्कार गरी शिशुको हत्या गरिएको रहस्य सो घटनामा संलग्न भएको अपराधी पक्राउ परेपछि खुलेको हो। 

गएको भदौं १० गतेका दिन साँझ साढे ६ बजेको समयमा औरही नगरपालिका १ घर भएका सन्तोष चौधरीको ८ महिने छोरी सोनाली चौधरीलाई उनकै औरही बजारस्थित पसलबाट आमा ईन्द्रेस चौधरीकै काँखबाटै खेलाउने वहानामा अपहरण गरि लगेको र अपहरण गरेको दुई घण्टा नवित्दै ती शिशुको वलात्कार पछि निर्ममतापुर्वक हत्या भएको थियो। 

घटनामा संलग्न भंगहा सितापुर ६ हतिसर्वाका २५ वर्षीय युवक भरत साहलाई सुनसरी भण्टावारी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अवधलाल साह सोनारले नेतृत्व गरेको टोलीले पक्राउ गरेर उनको तस्बिर महोत्तरी प्रहरीको मुद्दा शाखामा पठाएपछि शिशु सोनाली चौधरीको अपहरण, बलात्कार र हत्या घटनामा संलग्न उ नै रहेको पुष्टि भएको थियो।  

सप्तरीबाट सुतसरीतर्फ आउँदै गरेको युवक साहलाई प्रसनी साहले कोसी गाउँपालिका ८ बाट मदिराले मातिएको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो। उनको साथबाट भोडाफोन, आइडियो र एयरटेलको तीन वटा भारतीय सीम बरामद भएको थियो। सोधपुछका क्रममा शुरुमा ती युवकले आफनो नाम प्रमोद साह र घर धनुषाको सितापुर रहेको बताउँदै प्रहरीलाई ढाटन खोजेका थिए।  

इन्चार्ज साह सितापुर भंगहा प्रहरी चौकीबाटै घटना हुनु भन्दा केही दिन पहिले मात्र सरुवा भएर गएकोले उनले सितापुर धनुषामा नभई महोत्तरी रहेको र घटनाबारे जानकारी समेत रहेको युवकले आफूलाई पक्कै पनि ढाट्न खोजेको शंका लागि उनको बारेमा विस्तृत बुझने प्रयासमा लागेको थियो। सोधुपुछको क्रममा युवक साहले सितापुरको मुखिया र उनको बुवाको नाउ सोधे पछि युवकले मुखियाको नाम चौठी महतो र आफनो बुवाको नाम पलट साह रहेको बताए। त्यसपछि भण्टावारी प्रहरी चौकी इन्चार्ज साहले सितापुर भंगहा ६ हतिसर्वाका वडा अध्यक्ष समेत रहेका चौठी महतोलाई सम्पर्क गरेर पलट साहको छोराको नाम सोधे पछि उनको छोराको नाम भरत साह रहेको बताएका थिए। 

चौठी महतोले पलट साहको छोराको नाम भरत साह भनेपछि उनले ती युवकको तस्बिर चौठी महतोको म्यासेन्जरमा पठाएका थिए। म्यासेन्जरमा फोटो हेरेपछि वडा अध्यक्ष महतोले यो नै भरत साह रहेको पुष्टि गरेपछि भण्टावारी प्रहरी चौकी इन्चार्ज साहले जिल्ला प्रहरी सुनसरी र महोत्तरी प्रहरीमा समेत पुष्टिको लागि म्योसेन्जरमा तस्बिर पठाएपछि पक्राउ परेका युवकले नाम ढाटेको र उनै शिशु सोनाली चौधरीको अपहरण वलात्कार हत्या घटनामा संलग्न रहेको पुष्टि भएको थियो। 

महोत्तरी प्रहरीका मुद्दा शाखामा कार्यरत सुखारी साहका अनुसार भण्टावारीबाट तस्बिर आएलगत्तै ती युवक भरत साह नै रहेकोले उनलाई महोत्तरी झिकाउने प्रक्रिया शुरु गरेर शनिबार राति नै महोत्तरीमा ल्याइ सकेको बताए।  

८ महिने शिशुको हत्या अघि बलात्कार भएको मेडिकल रिपोर्टले समेत पुष्टि भइ सकेको महोत्तरी प्रहरीको मुद्दा शाखाले जनाएको छ। 

भण्टावारीमा पक्राउ परेका युवक साहलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई घटना भएकै वला उनका आफन्तले महोत्तरीमा प्रहरीमा दिएको जाहेरी अनुसार अपहरण तथा शरीर बन्धक, जवरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धान भई रहेको महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताएको छ। 

भदौं १० गते साँझ अपहरण परेका ८ महिने शिशुको शव भदौं ११ गते अपराह्न भंगहा नगरपालिका स्थित मेघनाथ गोरहन्ना अन्तर्गत पर्ने अँकुसी नदी भन्दा पश्चिममा रहेको फेकु चौधरीको फुलवारीमा आँपको रुखको जडा मुनि नग्न अवस्थामा विभत्स तवरिकाले हत्या गरि फालिएको अवस्थामा फेला परेको थियो। 

सोहि बेलादेखि महोत्तरी धनुषा र छिमेकी भारतीय सुरक्षा निकाय संग पनि समन्वय गरि खोज तलास जारि राखिएको थियो। तर अन्ततः उनी भण्टावारीबाट पक्राउ परेको छ। उनले घटना आफुले नै गरेको स्विकार समेत गरि सकेको र सिसिटिभी फुटेजले घटना भएकै दिन नै उनै भरत साहले बालिकालाई उठाएर लगेको पहिचान समेत भइसकेको थियो।  

यसरी भएको थियो घटना ?  

भदौं १० गतेका दिन मैले औरही बजारमै मदिरा सेवन गरे। बाजेको बरखी भएकोले औरही बजारमै रहेको शैलुनमा तालु खौराए। तालु खौराए पछि टोपी किन्न संतोष चौधरीको पसल पुगे। त्यहाँ ती बालिका खेलिरहेको थियो। मैले पनि एकछिन बालिकालाई खेलाए। मदिरा सेवन गरेकोले मैले ति बालिकालाई जवरजस्ती करणी मनसायले नै उठाएर गाउँ भन्दा पर जंगलतिर लगे। करिब २ घण्टासम्म बालिकालाई काँखीमा राखेर घुमाउँदै सुनसान ठाउँको खोजीमा करिब १ किलोमिटर पर सुनसान जंगल पुगे। बाटोमा धेरैले हेरे पनि कसैले केही सोधेनन्। सुनसान ठाउँमा लगेर बालिकासंग जवरजस्ती गर्न थाले। सो क्रममा बालिका कराउन थालेपछि उनको मुख र घाटी पनि थुनेको थियो। केही बेरमै वच्चाको मृत्यु भयो। केही परबाट मोटरसाइकलको अवाज आएपछि बच्चालाई त्यही छाडेर भागे। सोही दिन नजिकैको गुलरिया चौकबाट वस समाएर म सितामढी भागे। त्यहाँ लगभग एक महिनासम्म घर बनाउने काममा लेवरको काम गरेर बसे। बालिकाको आफन्तहरु सितामढी सम्म आफुलाई खोज्दै आएको थाहा पाए पछि म भारतको दरभंगा भागे। त्यहाँ पनि २०÷२२ दिन जति घर वनाउने काममा लेवरको काम गरे। त्यसपछि भण्टावारीस्थित कोसीमा मेला लागेको सुनेर मेला हेर्न आएको थिए। त्यही प्रहरीले मलाई पक्राउ गरयो। मदिरा सेवन गरेकै सुरमा मैले ती वालिकालाई अपहरण गरि वलात्कार गर्दा सोही क्रममा वालिकाको मृत्यु हुनु पुग्यो। 

प्रकाशित: ४ कार्तिक २०७५ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App