२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु, २९ जना घाइते

काठमाडौं– रामेछापमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। मृतकको परिचय खुल्न सकेको छैन्। घटनास्थलमा रहेका प्रहरी चौकी वेथान सिक्टाका प्रमुख शत्रुधन राउतका अनुसार मृतक ८/१० वर्षका बालक हुन्। 

राउतले खाडादेवी ३ भिरपानी सार्किपधेरोमा बा३ख ४६७५ नम्बरको बस उकालोमा ब्याक गर्ने क्रममा भीरबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जानकारी दिए। बसमा करिब ५० जना सवार रहेका थिए। 

प्रकाशित: ३० आश्विन २०७५ ११:०८ मंगलबार

रामेछाप बस_दुर्घटना