६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुर– मोटरसाइकल दुर्घटनामा परी मंगलबार उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा एक जनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। स ८ प ९८०८ नम्बरको मोटरसाईकल गाईघाट–नेपालटार खण्डको मदन भण्डारी लोकमार्गअन्तर्गत कौवाईमा दुर्घटनामा पर्दा चालक त्रिनपा १३ बसपार्कका ५० वर्षीय दिनेश पौडेलको मृत्यु भएको प्रहरीे जनाएको छ। 

पौडेलको घट्नजास्थलमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाईकल पछाडि सवार त्रिनपा १३ कै ४५ वर्षीय कुलबहादुर थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। रौतामाई गाउँपालिका ७ मुर्कची बजारबाट गाईघाटतर्फ आउदै गरेको मोटरसाईकल कौवाई खोलाको काठे पुलमा चिप्लिएर दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 

घाइते थापाको जिल्ला अस्पताल गाईघाटमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको जनाइएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको एसपी राईले बताए। सडक सुविधा नहुँदा सर्वसाधारणलाई आउजाउ गर्न बनाइएको काठेपुल वर्ष दिनयता लोकमार्ग बन्ने क्रमसँगै प्रयोगविहीन अवस्थामा छ। सडकबाट केही घुम्ती हुने भएपछि छिटोका लागि काठे पुल तर्ने क्रममा मोटरसाईकल चिप्लिएर दुर्घटना हुन पुगेको स्थानीयको भनाई छ। 

प्रकाशित: ३० आश्विन २०७५ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App