१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटना अपडेटः मृतकमध्ये ५ को सनाखत, घाइते सबैको पहिचान खुल्यो

नेपालगन्ज – बाँकेमा भएको सडक दुर्घटनाका मृतकमध्ये ५ जनाको पहिचान भएको छ। मृतकमध्ये एक जनाको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। दुर्घटनामा ज्यान गुमाएका ५ जना र घाइते १७ जनाको पहिचान भइसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सम्शेरगन्ज जंगलमा शनिबार बिहान दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको रा१ख १६६२ नम्बरको हाइस र नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। डिएसपी सिंहका अनुसार पहिचान खुलेका मृतक सबै दाङ तुलसीपुर निवासी हुन्।

तुलसीपुर उपमहानगरपालिका दाङ निवासी तुल्सी रावत, तुलसीपुरकै २७ वर्षीया बसन्ती चौधरी, ४० वर्षीया नारायणी श्रीस, ३० वर्षीया दोर्णा बुढाथोकी  र तुलसीपुरकै हायस चालक ३३ वर्षीय सुगने चौधरीको मृत्यु भएको छ। ‘एक जना मृतक महिलाको सनाखत हुन सकेको छैन,’ डिएसपी सिंहले भने। मृतकको शव कोहलपुरमै रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी तुलसीपुर–५ निवासी २१ वर्षीया कृष्ण रिजाल, तुलसीपुर–५ की २४ वर्षीया गीता भण्डारी, सोही ठाउँकी ५० वर्षीया धनी डाँगी, रोल्पा थवाङ–२ की ४३ वर्षीया राजकुमारी रोका, सोही ठाउँका ४२ वर्षीया कर्मबहादुर बुढा, शारदा नगरपालिका–१४ सल्यानकी चन्द्रहकला पुन, तलुसीपुर–६ निवासी ४० वर्षीया इन्दिरा केसी, छायाक्षेत्र गाउँपालिका–३ सल्यान निवासी ३३ वर्षीया मिना योगी, तलसीपुर–८ का ४२ वर्षीया ईश्वरी ओली, दाङ निवासी ५९ वर्षका टेकबहादुर सुनार घाइते भएका छन्। 

यस्तै तुलसीपुर–६ निवासी ३६ वर्षीया कल्पना बस्नेत, तुलसीपुर–३ निवासी २३ वर्षीया अञ्जली बर्मा, तुलसीपुर–८ का २३ वर्षीय प्रेम बुढा, तुलसीपुर–९ का २९ वर्षीया मोहनराज जोशी, तुलसीपुर–७ की ४८ वर्षीया मनकुमारी ओली, तुलसीपुर–५ की २२ वर्षीया अञ्जली पुन(ओली) र तुलसीपुर–५ का २५ वर्षीया प्रकाश ओलीको नाम, ठेगाना पहिचान भएको छ।  उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो। घाइते १७ जनाको शिक्षण अस्पताल कोहलपुरमा उपचार चलिरहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल बाँके राष्ट्रिय निकुञ्ज मुख्यालय सम्शेरगन्जबाट करिब ४ किलोमिटर पूर्वमा अवस्थित छ। ठोक्किएर दुर्घटनाग्रस्त हाइस क्षतविक्षत भएको छ भने ट्रक सोही ठाउँमा पल्टिएको छ। तिब्र गतिमा गुडेको हाइसले ओभरट्याक गर्ने क्रममा ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० आश्विन २०७५ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App