१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ठुलाे परिमाणमा बरामद गरिएको घरेलु मदिरा नष्ट

नुवाकोट - जिल्ला प्रहरी कार्यालय नुवाकोटले बरामद गरेको ३७ सय ३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ। अवैध रुपमा जिल्लाको खरानीटार, देविघाट, ढिकुरे, कोलनी, तारुका लगायतको क्षेत्रमा उत्पादित मदिरा शुक्रवार नष्ट गरिएको हो। घरेलु हिंसा तथा महिला हिंसाको मुख्य कारण नै अवैध रुपमा उत्पादित घरेलु मदिरा भएकोले जिल्लामा रहेको इलाका प्रहरी कार्यालयहरुले सक्रिय रुपमा त्यस्ता मदिराहरुलाई बरावद गर्दै आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले बताए।

भट्टराइको अनुसार करिव एक महिना अघि देखि बरामद गरिएको मदिरा नष्ट गरिएको हो। 'चाडपर्व लक्षित भन्दा पनि घरेलु मदिरा बरामद गर्ने कार्यक्रम हामीले नियमित रुपमा गर्दै आएका छौँ, जसले गर्दा हिंसात्मक, अपराधिक गतिविधिमा न्यूनिकरण ल्याउछ भन्ने विस्वास लिएका छौँ' भट्टराइले भने, 'यस्ता मदिरा उत्पादन कार्यलाई करको दायरामा ल्याउनु पनि हाम्रो मुख्य उद्देश्य हो।' चाडपर्वमा हुने सक्ने अपराधिक गतिविधिलाई न्यूनिकरण गर्न आवश्यक तयारी समेत भइसकेको उनले बताए। 

 

प्रकाशित: १९ आश्विन २०७५ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App