१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चाडपर्वलाई लक्षित गरि बजार र यातायत अनुगमन

जाजरकोट- दशैं तिहारलाई लक्षित गरि स्थानीय प्रशानले  जाजरकोटमा बजार र यातायातका क्षेत्रमा  अनुगमनलाई तिव्र पारेको छ। चाडपर्वका बेला वजारमा हुने कालोवजारी, म्याद गुज्रेका समानहरुको  विक्रिवितरण रोक्न र यातायात क्षेत्रको मनपरीले  यात्रुहरुलाई पर्ने मर्का नियन्त्रण गर्न  स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र  अन्य सरोकारवाला निकायहरुले संयुक्त अनुगमन  सुरु गरेका हुन्। सदरमुकाम खलंगावाट सुरु गरिएको  बजार  तथा यातायात अनुगमन  जिल्ला भरिकै  बजारहरुमा  लागु गरिने  प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले बताए।

उनले  बजार अनुगमनका क्रममा  म्याद गुज्रेका  समाग्रीहरु विक्रि भएको, दर्ताविनाका पसलहरु सन्चालनमा रहेको र सरकारले  लागु गरेको  नियम अवज्ञा गर्ने  यातायात व्यावसायीहरु पनि भेटिएको  बताए। अनुगमनका क्रममा  धेरै  पसलहरु कारवाहिमा परेको,  म्याद गुज्रेका समाग्रीहरु  जफत गरिएको  र सरकारी नियम मिच्ने  व्यावसायीलाई  जरीवाना गरिएको  प्रमुख जिल्ला अधिकारी  वस्नेतले बताए। उनले   चाडवाडका बेला  बजारमा  कृत्रिम अभाव सिर्जना गर्ने, कालोवजारी गर्ने,  अस्वस्थ खाद्य वस्तुको  विक्रि वितरण गर्ने, गाडीहरुमा  क्षमता भन्दा वढी यात्रुहरु राख्ने र  सरकारले तोकेको भन्दा वढी भाडा असुल्ने  र यात्रुहरुलाई  असभ्य व्यवहार गर्ने  लगाएतका गुनासाहरु  आउन नदिन दशैं सुरु हुनु भन्दा अघि नै  अनुगमन तिव्र पारिएको  स्थानीय प्रशासनको  भनाइ छ।

 स्थानीय प्रशासनको अगुवाइमा  गरिएको अुनगमनमा  खुद्रा पसल, खाद्य पसल, मासु पसल तथा सार्वजनिक यातायातका  साधनहरुको अनुगमन गरिएको   छ। यातायात व्यावसायीले  मनपरी रुपमा चर्को भाडा असुले र  क्षमता भन्दा बढी यात्रुहरु  गाडीमा राखेर यात्रा जोखिम बनाउने गरेको भन्दै  स्थानीयले  गुनासो गरेपछि स्थानीय प्रशासनले कालोपत्रे गरिएको  सडकमा  प्रतिकिलोमिटर   साढे  ६ रुपैयाँ र  कच्ची रोडमा  ९ रुपैयाँका दरले  भाडा दर कायम गरेको छ।  साथै  वैठकले   क्षमता भन्दा एक जना पनि  वढी  यात्रु  गाडीमा  राख्न नपाइने  नियमलाइ कडाइका साथ पालन गराउन यातायात व्यावसायीलाइ  आग्रह गर्ने निर्णय समेत गरेको थियो। दशैं तिहारका बेला  गाडी अभाव देखाउँदै  व्यावसायीले गाडीमा  क्षमता भन्दा वढी यात्रु बोकाउने  गरेको  स्थानीय रेशम बुढाले बताए। 

 

प्रकाशित: १७ आश्विन २०७५ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App