११ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई जागिरकाे अवसर

काठमाडौं - नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदमा सोमबार भर्ना आह्वान गरेको हो।

जनपथतर्फ प्रहरी निरीक्षकमा १ सय ८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ। यस्तै प्रहरी जवानमा ६ हजार २ सय ४४, कार्यालय सहयोगी (भान्छे) ३ सय २०, कार्यालय सहयोगी (हजाम) १५, कार्यालय सहयोगी (सिलाईबुनाई) १२, कार्यालय सहयोगी (कुचिकार) १४, कार्यालय सहयोगी (मोचि) ९ र कार्यालय सहयोगी (खेलाडी) ३० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

महाशाखाका अनुसार दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ। प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको बताइएकाे छ।

जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने व्यवस्था मिलाइएको महाशाखाले जनाएकाे छ।

प्रकाशित: १५ आश्विन २०७५ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App