१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बिहे गर्न नमान्दा एसिड छ्यापियो

असोज ९ गते नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भयो। सोहि टोलका बिमल सिर्पाइलीले आफु सँग बिहे गर्न नमानेको भन्दै परियारलाई एसिड र छुरा प्रहार गरेका थिए।

उनि यतिबेला प्रहरी हिरासतमा छन।  बिमलले आफ्नो परिवार पनि बिग्रिएको र बसन्ती परियारसँग बिहे गर्न नपाएका कारण एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी समक्ष बयान दिएका छन। बिमलको आफ्नी श्रीमती सँग सम्बन्ध बिच्छेदको मुद्दा चलिरहेको छ। 

२७ वर्षीया बसन्तीको छाती, पेट र मुखमा चोट लागेको छ। बसन्तीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ भने छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ । बिमलले भारत जाँदा एसिड किनेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १० आश्विन २०७५ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App