६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पूर्व डिएसपी खड्का पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व डिएसपी कृष्णकुमार खड्का पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखामा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरी स्वाथ्य उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। बुहारी समुना खड्काले आफ्नै जेठाजु कृष्ण कुमार खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको स्क्रीन सर्ट सहित उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। समुना पूर्व डिएसपी कृष्णराज खड्काका आफ्नै भाई दीलिपकुमार खड्काकी श्रीमती हुन।

बैबाहिक जीवनको २५ बर्षपछि नेपालगन्जबाट बुहारी समुनालाई बोक्सीको आरोप लगाएर घरबाट कुटपीट गरी निकालेपछि हाल बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन्। २३ बर्षीय छोरी र २६ बर्षीय छोराका साथमा रहेकी उनलाई जेठाजु खड्काले समाजिक सञ्जालमा धेरैपटक अपशब्द प्रयोग गरेको भएपनि पछिल्लो दिनमा सहनै नसक्ने र पढ्दापनि लाजहुने शब्द प्रयोग गरेपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन। प्रहरीले पूर्व डिएसपी खड्कालाई साइबर अपराध ऐन अन्तर्गगत पक्राउ गरिएको जनाएको छ। 

‘खड्काले समुनाको फेसबुक म्यासेन्जरमा पठाएको म्यासेज निकै आपत्तिजन छ सो विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो’, महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले भने। उनका अनुसार खड्काको तीन पटक मुटुको अप्रेशन गरेका कारण स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: ८ आश्विन २०७५ १५:०१ सोमबार

पूर्व_डिएसपी_कृष्णकुमार_खड्का बुहारी आपत्तिजनक_अपशब्द