२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्व–पश्चिम राजमार्गमा विद्यार्थीको र्‍याली

निर्मला हत्या प्रकरणमा न्याय माग्दै सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्ग ढाकेर निस्किएको र्याली ।    तस्बिरः टंक/नागरिक

सर्लाही – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवं हत्या प्रकरणमा संलग्न दोषिलाई यथाशिघ्र पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार सर्लाहीको लालबन्दीमा विद्यार्थीले वृहद प्रदर्शन गरेका छन्।

जनज्योति बहुमुखी क्याम्पस परिसरबाट सुरु भएको विद्यार्थीको र्यालीले पूर्व–पश्चिम राजमार्ग क्षेत्र लालबन्दी बजार परिक्रमा गरेको थियो। नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस इकाइ कमिटिको आयोजना रहेको र्यालीमा महिला अधिकारकर्मी, विभिन्न राजनैतिक दलका नेता  र समेत सयौं विद्यार्थी सहभागि थिए। र्यालीमा जनज्योति बहुमुखी क्याम्पस एवं जनज्योती उमाविका विद्यार्थीको उपस्थिति रहेको नेविसंघ इकाई कमिटिका सभापति सुमितराज काप्mलेले जानकारी दिए।

बलात्कारी र हत्याराको संरक्षण किन ?, सरकार निर्मलालाई न्याय देउ, कति चुप बस्ने अब त केही बोलौं, बहिनी मार्याे बलात्कारीले भाई मार्याे सरकारीले, निर्मला भगवानको साथमा अपराधि राज्यको काखमा जस्ता नारा अंकित प्लेकार्ड बोकेका प्रदर्शकारीले तत्काल दोषि पत्ता लगाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए। त्यस्तै हरिवनस्थित अर्किड बोर्डिङ स्कुलका विद्यार्थीले समेत सोमबार हरिवन बजारमा निर्मला हत्या प्रकरणका दोषिलाई कारबाही माग गर्दै र्याली प्रदर्शन गरेका थिए। 

प्रकाशित: २ आश्विन २०७५ ०८:२६ मंगलबार

राजमार्ग र्‍याली विद्यार्थी