१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

करेन्ट लागेर उदयपुरमा दुई जनाको मृत्यु

उदयपुर – उदयपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–५ शिवाई खोलाको पूर्वपट्टि ढुंगा खसाउने क्रममा ना.अ.प.१३२९ नम्बरको टिप्परले हाइटेन्सनलाइन छुदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौदण्डीगढी–९ हणियाका ४२ वर्षीय टिप्पर चालक बिष्णु कार्की र सहचालक १९ वर्षीय भक्त बहादुर खड्का रहेका छन्। उनीहरुलाई आज विहान ११ः२५ मा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राइले बताए।  दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०७५ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App