६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एसपी बिष्ट सहित तीन जनाको डिएनए परीक्षण थालियो

उल्टाखाम(कंचनपुर)- निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा शुरु देखि नै लारपाही गरेर प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन एसपी डिल्ली बिष्टको अन्तत डिएनए परीक्षण थालिएको छ। अनुसन्धानको क्रममा विष्टको डिएनए परीक्षणको लागि पठाइएको प्रहरी प्रवक्ता शैलेस थापाले बताए।

एसपी बिष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष बिष्टको रगत पनि डिएनए परीक्षणको लागि पठाइएको छ। तीन जना शंकास्पद देखिएकाले रगत परीक्षणका लागि डिएनए परीक्षण पठाइएको हो। निर्मला आफन्त र स्थानीयले एसपी र डिएसपीको डिएनए परीक्षण माग गरेका थिए।

 

प्रकाशित: २८ भाद्र २०७५ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App