२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ढुंगा लागेर बैतडीमा दुई जना घाइते

बैतडी – पहिरोसँगै भीरबाट खसेको ढुंगाले लागेर बैतडीमा दुई जना घाइते भएका छन्। मेलौली नगरपालिका–१ का १८ वर्षीय आनन्दसिंह नेगी र ३५ वर्षीय देवेन्द्रसिंह नेगी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले  बताए।

घाइतेमध्ये आनन्दको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते आनन्दको टाउकोमा गहिरो चोट रहेको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए। उनलाई मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि  धनगढी रेफर गरिएको छ भने देवेन्द्रको मेलौलीमै उपचार भइरहेको छ।

मंगलबार बिहान साढे ९ बजे घरबाट काँडाबजार जाने बेला डेवराली भन्ने स्थानमा एक्कासि पहिरोसँगै खसेको ढुंगा लागेर उनीहरु घाइते भएका हुन्।

प्रकाशित: १९ भाद्र २०७५ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App