९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडक सोमबारदेखि खुल्ने

व्लाष्टिङ पछिकाे खाेपाङ भिर।

रसुवा - रसुवागढी नाका जोड्ने सडक सोमबारदेखि सञ्चालनमा अाउने भएकाे छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा बाढीले क्षति गरेको सडक आइतबार व्लाष्टिङ गर्दा माथिको पहरा झरेर खोलामा बेस बसेको छ। खोलामा बेस बसेका कारण सोमबारबाटै सवारी सञ्चालन गर्न सकिने कालिजंग गणका गणपति शितल बानियाँ क्षेत्रीले बताए। सडक सुचारु गर्न करिब तीन घण्टा टोली खटिए पुग्ने उनले बताए। ‘हामीले करिव ७ दिन लाग्ने अनुमान गरेका थियौँ', उनले भने, 'तर दक्ष प्राविधिक परिचालन भएका कारण सोचे भन्दा चाँढै सडक खोल्न सफल भयौँ।’

त्रिशुली खोलाको पहिरो पन्छाएर यही भदौ १५ गतेदेखि नेपाली सेना र डिभिजन सडक कार्यालयको टोलीले काम सुरु गरेका थिए। करिव दुई साता लाग्ने अनुमानका साथ काम सुरु गरेको टोलीले तीन दिनमा सडक सुचारु गर्न सफल भएको छ।

खोपाङभीरको सडक सुचारु गर्न खटिएको टोली रसुवागढी नजिकै क्षति पुगेको सडक सुचारु गर्न जाने सेनाले जनाएको छ। ‘रसुवागढी नजिकै बाढीले क्षति गरेको सडक मर्मतको काम भइरहेको छ', डिभिजन प्रमुख निरज शाक्यले भने, 'यताको टोली पनि त्यहाँ नै खटाउने तयारी भएको छ।’

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। सेनाले सडक सञ्चालनका लागि हेडक्वाटर, जिल्ला प्रशासन कार्यालय, डिभिजन सडक कार्यालय, जलविद्युत आयोजनासँग निरन्तर समन्वय गरेको थियो। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

 

प्रकाशित: १७ भाद्र २०७५ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App