२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

उपकुलपतिको लागि २२ को दाबेदारी

काठमाडौं – राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदको लागि आइतबारसम्ममा २२ जनाको निवेदन परेको छ । अन्तिम दिन गत आइतबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवदेन परेको हो।

मन्त्रालयले एक साताअघि उपकुलपतिको लागि योग्य उम्मेदवारलाई निवेदन आह्वान गरेको थियो । साउनमै प्रतिष्ठानका पूर्व उपकुलपति डा. गणेश गुरुङको कार्यअवधि समाप्त भएपछि ग्यास्ट्रोसर्जन डा. सुवोध अधिकारीलाई निमत्ति उपकलुपतिको जिम्मा दिएको थियो।

कुलपतिको दैडमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका ग्यास्ट्रोलोजिस्ट सीताराम चौधरी, ग्यास्ट्रोलोजिस्ट विधाननिधि पौडेल, प्रतिष्ठानकै सहायक प्राध्यपक डा. पियुष दाहाल, राष्ट्रिय ट्रमा सेन्टरका डा. श्रीकृष्ण गिरी, वीर अस्पतालका हेपाटोलोजिस्ट डा. अनिल मिश्र, एवनचन्द्र शिवाकोटी, परोपरकार प्रसूति गृहका डा. गेहनाथ बराल, कान्तिबाल अस्पतालका डा. अजित रायमाझीलगायत छन्।

निमित्त उपकलुपति अधिकारीले भने उपकुलपति पदको लागि निवेदन दिएका छैनन् । उसउपकुलपति सिफारिसको लागि तीन सदस्यीय समिति बनेको छ । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव सुशील प्याकुरेल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्ता बाँस्कोटा र सरकारका प्रतिनिधि छन्।

प्रकाशित: १३ भाद्र २०७५ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App