१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुष्पा केसी मृत्यु प्रकरण, पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखियो

पोखरा- बेपत्ता भएको दुई दिनपछि मृत भेटिएकी १३ वर्षीय बालिका पुष्पाको टाउकोमा गम्भीर चोट लागेको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

मृत बालिकाको शनिबार पोष्टमार्टम गरिएको थियो। स्थानीयका अनुसार पोष्टमार्टम गराउँदा बालिकाको टाउकोमा रगत जमेको भेटिएको छ। तर, बालिका आफैं लडेर वा कसैले हानेर टाउकोमा चोट लागेको भन्ने विषय थाहा भने भईसकेको छैन।

विन्ध्यावासिनी मावि कक्षा ६ की विद्यार्थी केसी बिहिबार विद्यालयबाट घर नै नपुगी बाटोबाटै हराएकी थिईन्। विद्यालय प्रशासनका अनुसार उनी तरकारी किन्नको लागि घरभन्दा २ सय मिटर तल नै बसबाट झरेकी थिईन्।

बिहीबार नै उनी हराएतापनि साथीकोमा गएको हुनसक्ने आशंकामा खोजीकार्य भएको थिएन्। तर, शुक्रबार घरभन्दा पर लामाचौरको ढाँड भन्ने ठाउँमा उनको झोला भेटिएपछि बालिकाको खोजीकार्य सुरु भएको थियो । स्थानीयले उनको शव झोला भेटिएको ठाउँभन्दा ५ सय मिटर पर सेती नदिको माथिपट्टि फापरतरो भन्ने ठाउँमा फेला पारेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले भने घटना भएकै दिनदेखि गम्भीर तरिकाले अनुसन्धान गरिरहेको जनाएको छ। कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले भने, ‘हामीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ, अहिले नै घटनाको वास्तविकता भने खुलिसकेको छैन्, चाँडै नै हामीले सत्यतथ्य बाहिर ल्याउनेछौँ।’

प्रहरीले मृतकका साथी, घरपरिवार तथा छरछिमेकीसँग समन्वय र सोधपुछ गरिरहेको उनले बताए। ‘सामान्य सोधपुछ मात्र गरेका छौँ, बालिकाको बाह्य शरीरमा कुनै पनि चोटपटक नदेखिएका कारण घटना यही नै हो भन्न सकिँदैन्’ गुरुङले बताए।

प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने बताएको छ। तर, शनिबार पोष्टमार्टम भईसकेतापनि हालसम्म रिपोर्ट नआएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७५ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App