१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

युएसएआईडीको नेपाल निर्देशकमा एमी टोहिल स्टल

काठमाडौँ – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को नेपाल निर्देशकमा एमी टोहिल स्टल नियुक्त भएकी छन्। अमेरिकी दूतावासमा शुक्रवार आयोजित एक कार्यक्रममा कार्यवाहक राजदूत माइकल सी. गोन्जालेसले उनलाई नेपाल निर्देशकका रूपमा शपथ ग्रहण गराएका छन्। यस अघि युएसएआईडीका नेपाल निर्देशकमा पिटर ए. मालनाक कार्यरत थिए। टोहिल यस अघि नेपालका लागि सहायक निर्देशक थिइन्। 
सपथ ग्रहण समारोहमा कार्यवाहक राजदूत गोन्जालेसले युएसएआईडीको तर्फबाट नेपाललाई हुने वार्षिक सहायताले लाखौँ नेपालीहरूलाई साक्षर बन्न, सुरक्षित रूपमा सन्तान जन्माउन, आयआर्जन वृद्धि गर्न, परिवारलाई विपद्बाट जोगाउन र आफ्नो अधिकारका रूपमा जानकार रहन सघाएको बताएका थिए। 
टोहिल स्टलले अमेरिकन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकासमा स्नाकोत्तर र पर्ड्यु युनिभर्सिटीबाट राजनीतिशास्त्रमा स्नातक गरेकी छन्। अमेरिकी परराष्ट्र सेवामा लामो समय बिताएकी टोहिल स्टलसँग आफ्नो नयाँ पदका लागि २५ वर्षभन्दा लामो विकास अनुभव रहेको दूतावासले जनाएको छ । उनीसँग अफगानिस्तान, जोर्डन, जिम्बाब्वे, काजकस्थान र वाशिङ्टनस्थित युएसएआईडीका कार्यालयका साथै वर्ल्ड रिसोर्स इन्स्टिच्यूटमा काम गरेको अनुभव छ ।

 

प्रकाशित: ८ भाद्र २०७५ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App