२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महेन्द्रनगरमा कर्फ्यू आदेश

कञ्चनपुर - जिल्ला स्थीत सुरक्षा निकायको बैठक पछि महेन्द्रनगरमा कर्फ्यू आदेश जारी भएको छ। बेलुकी पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्म महेन्द्रनगर बजार वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो।

निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषी पत्ता लगाउन माग गर्दै  दिउँसो २ बजेदेखी जिल्ला प्रहरी कार्यालय अगाडि भएको विरोध प्रदर्शन झण्डै दुई घण्टापछि साम्य भएको छ। यस क्रममा प्रहरीले निरन्तर करिब एक सय बढी अश्रृग्याँसका सेल आन्दालेनकारीमाथि प्रहार गरेका थिए। आन्दोलनकारीले पनि प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो। झडपमा ८ जना घाइते भएका छन्।

 

प्रकाशित: ७ भाद्र २०७५ ११:०२ बिहीबार

महेन्द्रनगर कर्फ्यू_आदेश