दैलेखको तल्लो डुंगेश्वरदेखि सियाकोट खण्डमा रहेको रतिखोलाको सतह बढेपछि यातायात निकै असहज भएको छ। जोखिम मोलेर मोटरसाइकल र अन्य सवारी साधन तारेर यात्रु गन्तव्यमा जाने गरेका छन्। छोटो दूरी भएकाले कर्णाली राजमार्गमा गुड्ने गाडी यही सडक भएर गुड्छन्। हप्ता दिनअघि यही खोलामा मोटरसाइकल बगेको थियो।
प्रकाशित: ५ भाद्र २०७५ ११:२७ मंगलबार