११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

खोलाले बगाएर १ जनाको मृत्यु

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका ७ दानीपिपलमा खोलाले बगाएर एक जनाको मृत्यु  भएको छ। खोलामा दाउरा निकाल्ने क्रममा  दानीपिपल खोलाले बगाएर स्थानीय उमेश शाहीको मृत्यु भएको स्थानीय लोकेन्द्र शाहीले बताए।

यस्तै अबिरल बर्षातका कारण सोही नगरपालिकाको कैनादेखि कालीमाटी सम्मको क्षेत्रमा आएको बाढीले दर्जन बढी घर र खेतहरू,  दुई झोलुङ्गे पुल, एक ट्रस बृज बगाउँदा स्थानीयलाई आवात जावातमा समस्या परेको स्थानीयले बताए। पहिरोको क्षति बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App