२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

'निशान हत्या र इन्काउन्टरबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ'

काठमाडौं- काँडाघारीका बालक निशान खड्काको अपहरण पछि हत्या र अपहरणमा संलग्नको इन्काउन्टरबारे राष्ट्रिय सभामा प्रश्न उठेका छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै राधेश्याम अधिकारीले खड्काको हत्यामा कसको दोष हो भन्दै प्रश्न गरे। अपहरणमा परेका बालकको हत्यामा अपहरणकारीको दोष हुँदा हुँदै उद्दार गर्न नसक्नुमा सरकारी संयन्त्रको पनि दोष हो कि होइन भन्दै प्रश्न गरे।

यो घटनामा मानव अधिकारको विषय पनि जोडिएको उनले बताए। इन्काउन्टर भनिए पनि पक्राउ गरेर हत्या गरिएको बाहिर आएको भन्दै अधिकारीले सरकारसँग जवाफ मागे।

अपहरण र त्यसपछि भनिएको इन्काउन्टरबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाई छ। इन्काउन्टरमा गम्भिररुपमा मानवअधिकारको उल्लङघन भएको भन्दै उनले सरकारको ध्यानाकर्ष गराए।

इन्काउन्टरमा मारिएकाहरुलाई छिमेकीकै अगाडि पक्राउ गरेर लगिएको भन्ने आएको भन्दै उनले दक्षिण पुर्वी एशियाको मुलुक जस्तै बनाउन लागेको हो भनि प्रश्न गरे।

प्रकाशित: २३ श्रावण २०७५ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App