१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सफारी कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

महोत्तरी- सफारी कारले ठक्कर दिँदा महोत्तरीमा एक जना पैदल यात्रुको मृत्यु भएको छ। अर्को एक जना पैदल यात्रु घाईते भएका छन्।

जनकपुरबाट जलेश्वर हुँदै कोल्हुवा तर्फ गई रहेको बा११च ८२६३ नम्वरको सफारी कारले जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत पर्ने पिपरा गाउँपालिका ५ सहोडवामा दुई जना पैदल यात्रुलाई ठक्कर दिएका थिए।

ठक्करबाट गम्भीर घाईते भएकी पिपरा गाउँपालिका ५ सहोडवा घरभएकी ३५ वर्षिय रेखा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेखालाई उपचारका लागि जनकपुर लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी संगै अर्की घाईते सोहि ठाउँकी ३१ वर्षिय रिकुं देवीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

तिव्र गतिमा रहेको सफारि कारले पिपरा बजारमा तरकारी खरिद गर्न आउँदै गरेकी दुवै महिलालाई पछाडीबाट ठक्कर दिएको थियो। कार र कार चालक जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा रहेको छ।

 

प्रकाशित: १६ श्रावण २०७५ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App