९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

करार कर्मचारीको म्याद नथप्दा नगरपालिकाका मेयर कुटिए

रौतहट - रौतहटको राजपुर नगरपालिकाका मेयर र कार्यकारी प्रमुखमाथी हातपात भएको छ। नगरपालिकामा करार सेवामा कार्यरत वातावरण अधिकृत शाहनवाज हुसैनले नगरप्रमुख मोहमद शकिल अख्तर र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद साहलाई नगरपालिकाको कार्यालयमै दुर्व्यवहार गर्दै हातपात गरेका छन्।

आर्थिक बर्ष समाप्त भएको एक साता वित्न लागेपनि कारार सेवामा कार्यरत वातावरण अधिकृत हुसैनको म्याद कार्यकारी र मेयरले नथपेको आरोप लगाउँदै उनले शुक्रवार दिउँसो कार्यालयमै नगरप्रमुख अख्तर र प्र्रमुख प्रशासकीय अधिकृत साहलाई विभिन्न किसिमको अपशब्द प्रयोग गर्दै म्याद थप्न दवाव दिएका थिए। मेयर र कार्यकारी दुवैले करार सेवकाका कर्मचारीको म्याद नथप्ने अडान लिएपछि हुसैनले गाली गलौज गर्दै दुवैजनामाथि हातपात गर्दै मेयर अख्तरको मोवाइल समेत फुटाईदिएका थिए।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडाैंले करिब चारबर्ष अघि तत्कालिन जिल्ला विकास समिति रौतहटमा बतावरण अधिकृत पदमा करार सेवामा हुसैनलाई नियुक्त गरेको थियो। उनको कारार सेवा समाप्त भएपनि जिल्ला विकास समितिले कानुन विपरित आन्तरीकरण गरी करार सेवामा काम गराउँदै आएको थियो। जिविस  खारेज भई देश नयाँ संरचनामा गएपछि हुसेनलाई राजपुर नगरपालिकामा काज सरुवा गरिएको थियो।

राजपुर नगरपालिकाका मेयर अख्तरले विवादित करार सेवामा कार्यरत कर्मचारीलाई नराख्ने अडानका साथ कार्यालयमा बसेर काम गरिरहेकै वेला एक्कसी दलबल सहित आएर हुसैनले डरत्रास देखाउदै म्याद थप गर्न दवाव दिएको तर आफू सहित प्रमुख प्रशासकीय अधिकृत साहले म्याद थप नगर्ने बताएपछि गाली गलौज गर्नुका साथ हातपात समेत गरेको उनले बताए। 

नगरपालिकामा भएको घटनामाथि आवश्यक छानविन गरी दोषि कर्मचारी हुसैनलाई कडा कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइएको मेयर अख्तरले बताए। 

प्रकाशित: ११ श्रावण २०७५ १५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App