१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

निर्माणाधीन बौद्ध स्तुपाले पर्यटक तान्ने विश्वास

खलंगाको टुप्पोमा बनेको वौद्ध स्तुपा : डिबी/नागरिक

जुम्ला – जुम्ला चन्दननाथ नगरपालिका सिंगापुर गाउँमा देशकै ठुलो वौद्ध शान्ति स्तुपा बनेको छ। जुम्ला र मुगुमा बस्ने मुगाली समुदायले   निमार्ण गरेको स्तुपाले पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

सदरमुकामको उत्तर पट्टी सिंगाचौरस्थित झण्डै ७२ हजार फिट अग्लो र ३२ फिट चौडाई रहेको शान्ति स्तुपा निमार्ण भइरहेको हो। जुम्ला, मुगु र काठमाडौंमा बस्ने मुगाली समुदायको सक्रियतामा बन्दै गरेको शान्ति स्तुपाले जुम्लाको सौन्र्दयमा नयाँ आयाम थपेको पर्यटन विकास केन्द्र जुम्लाले बताएको छ।

२०६८ सालबाट निमार्ण सुरु गरिएको स्तुपाको ९० प्रतिशत काम सकिएको निमार्ण संयोजक फुर्वा छिरिङ लामाले बताए। प्यागोडा शैलीमा निमार्ण भइरहेको स्तुपामा नुनदेखि सुनसम्म प्रयोग गरिएको लामाले जनाए।

हिंसा नहोस् भन्न, हतियार र तरबारको प्रयोग नहोस, भोकमरी नलागुन र उत्पादन बृद्धिका लागि विभिन्न अन्नपातको प्रयोग स्तुपामा गरिएको बताइएको छ। विभिन्न धातुदेखि अमेरिकाबाट सहयोग भएको झण्डै २८ टन किताब स्तुपा निमार्णका क्रममा भित्र राखिएको लामाले बताए।  स्तुपा निर्माणका क्रममा २६ करोड बढि रकम खर्च भइसकेको लामाले बताए। अब बाँकी १० प्रतिशत कामका लागि ४ करोड लाग्ने अनुमान गरिएको लामाले बताए।  

जुम्लामा बस्ने झण्डै दुई सय बढि जनजाती मुगाली, मुगुमा तथा काठमाडौंमा बस्ने मुगाली समुदायले एक हजार देखि ३ लाख सम्म व्यक्तिगत स्तुपा निमार्णका लागि दान गरेका छन्। स्तुपा निमार्णका लागि गत वर्षको सांसद विकास कोष अन्तर्गत कालिकोटका प्रेम बहादुर सिंहले ५० लाख, जुम्लाका बलबहादुर महत २० लाख, प्रदेश सांसद दिनबन्दु श्रेष्ठले एक लाख, पूर्व सांसद ललितजंग शाहीले एक लाख, जिल्ला विकास समितीबाट एक लाख गरी ७३ लाख सहयोग प्राप्त भएको थियो।

त्यसैगरी पर्यटन मन्त्रालयबाट क्रमागत रुपमा अहिलेसम्म ३७ लाख रकम प्राप्त भएको छ। लाखौँ पढ्ने २८ टन किताब, मंहगा मुर्तिहरु लगायतका सामान विदेशबाट सहयोग स्वरुप प्राप्त भएका थियो। तर, केहि महंगा मुर्तिहरु किन्न बाँकी छन्। निमार्ण प्रक्रियामा सरकार तथा अन्य दातृनिकायबाट २५ प्रतिशत मात्रै सहयोग पाइएको मुगाली समुदायले बताएका छन्।

स्तुपाबाट पुरै जुम्ला सदरमुकामको दृष्य अवलोकन गर्न सकिने बताइएको छ। स्तुपाको उद्घाटन कार्तिक महिनामा गरिने तयारी थालिएको छ। कार्तिकमा भुटानी धर्मगुरु र नेपालका पर्यटन मन्त्रीले सयुक्त रुपमा उद्घाटन गर्ने योजना रहेको मुगाली संघका अध्यक्ष कार्मा ठिले तामाङले बताए। उनका अनुसार एक सय रुपैयाँदेखि माथि दानदिनेको नाम पनि शिलालेखमा लेखिने छ।

प्रकाशित: ८ श्रावण २०७५ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App