२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु

उदयपुर – जन्ती बोकेको बस दुर्घटना हुँदा सोमबार विहान उदयपुरमा एक भारतीय नागरिकको मृत्यु भएको छ।

भारतको फारविसगञ्जबाट जन्ती लिएर आएको बिआर ११ जे ४४२८ नम्बरको त्रियुगा नगरपालिका ६ जलजलेभन्दा ४ किलोमिटर पश्चिम चुरे जंगलको सडकमा दुर्घटना भएको थियो।

आइतबार राति ११ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका वनवनपनरिया जिल्ला भारत बस्ने ३२ वर्षीय मनोज दासको सोमबार विहान उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बस अनियन्त्रित भएर भएको दुर्घटनामा दुलहा र अन्य जन्ती भने सकुशल रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुर्घटनालगत्तै चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताएका छन्।

प्रकाशित: ३२ असार २०७५ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App