१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गंगामायाको माग पूरा गर्न सरकारले पहल गर्ने

काठमाडौं - कानुन तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले गंगामाया अधिकारीलाई न्याय दिलाउन विश्वासको वातवरण बनाउने जनाएका छन् । मंगलबार गंगामायाको माग लिएर मन्त्रालय पुगेका मानव अधिकारवादी नेताहरूलाई जवाफ दिने क्रममा सरकारका तर्फबाट थप माग पूरा गर्न पहल गर्ने बताए।

गोर्खा फुजेलकी ५८ वर्षीया गंगामाया १२ वर्षअघि चितवनमा हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारबाही गरी आफूलाई न्याय दिन भन्दै वीर अस्पतालमा अनशनरत छिन्। उनको अनशनपछि गत आइतबार आरोपित गोर्खाका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसर्मण गरेका छन्। छविलाललाई डिल्लीबजार कारगारमा थुनामा राखेपछि पनि उनले अनशन तोड्न मानेकी छैनन् । उनले पूर्ण न्याय पाएपछि मात्र अनशन तोड्ने अडान राखेकी छिन्।

‘उहाँको मागमा सरकार सहमत भइसकेको छ, विश्वासको वातवरण दिलाउन पहल गर्छु भन्नुभएको छ,’ मन्त्री तामाङको भनाइ उद्धृत गर्दै गंगामाया बचाउ अभियानका सदस्य चरण प्रसाईंले भने । उनले भने, ‘मन्त्रीले हाम्रो कुरा सुन्नुभयो, सम्बन्धित क्षेत्रमा कुरा गर्छु भन्नुभएको छ।’

मन्त्रालयमा प्रसाईंसहित मानवअधिकारवादी नेता कनकमण्ीि दीक्षित, सुवोध प्याकुरेल, आशिकराम कार्की, बाबुराम गिरी पुगेका थिए। गंगामायाले छविलालले अदालतसमक्ष आत्मसमर्पण गरिसकेपछि पनि अनशन तोड्न नमानेपछि उनको जीवनरक्षाका लागि सकारसमक्ष पुगेको प्रसार्इंले बताए।

सरकारका तर्फबाट कानुनमन्त्री तामाङले न्याय दिलाउने वातावरणका लागि पहल गर्ने भनेकोले यो मुद्दा अब अघि बढ्न सक्ने स्थिति रहेको सदस्य प्रसाईंले बताए। ‘सरकारले बोलेको कु्रा हामीले गंगांमायांलाई जानकारी दिन्छौं, सरकार अघि बढ्यो भने अनशन तोड्न सक्ने स्थिति देखिन्छ,’ उनले भने।

प्रसार्इंले सरकारले जिल्ला अदालत चितवनले कृष्ण अधिकारीको हत्यामा मुख्य गोली हान्ने व्यक्ति रुद्र आचार्यलाई नेपाल झिकाउने प्रक्रिया अघि बढाएर अनुसन्धान अघि बढाउमा मुद्दा न्यायपूर्वकरूपले किनारा लाग्ने सम्भावना रहेको बताए। ‘सरकारले विश्वासको वातवरण बनाउने भन्नुको अर्थ अर्का आरोपी पनि झिकाउन सक्ने स्थिति देखिन्छ,’ प्रसाईले भने।

आमरण अनशनमा रहेकी गंगामायाले मंगलबार पनि कुनै पनि औषधि लिन मानिनन्। उनको उपचारमा संलग्न चिकित्सक प्राध्यपक डा. मोनिनप्रसाद गोर्खालीले मंगलबार पनि उनको स्वास्थ्य स्थिर रहेको जानकारी दिए। ‘सलाइनबाट औषधि दिएका छौं, औषधि खान मान्नु भएन,’ डा.गोर्खालीले भने। गंगामाया संक्रमणकै जोखिममा रहेकाले उनलाई भेट्न अस्पतालले बन्द गरेको जनाएको छ।

प्रकाशित: २७ असार २०७५ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App