१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रुखले किचेर एक बालिकाको मृत्यु, दुई गम्भीर घाइते

तनहुँ – ब्यास नगरपालिका–६, सेखाटारमा विद्यालय जाने क्रममा रुखले किचेर एक बालिकाको मृत्यु भएको छ भने दुर्इ बालीका गम्भीर घाइते भएकी छन्।

घरबाट सिशाघाटस्थित कालिका एकेडेमी जाने क्रममा सालको रुख अकस्मात ढलेर एकै परिवारका तीन दिदीबहिनी घाइते भएकाेमा उपचारका लागि अस्पताल लजादै गर्दा एक जनाकाे बाटैमा मृत्यु भएको ब्यास–६ का सदस्य ढाल प्रसाद घिमिरेले बताए। मृत्यु हुनेमा कक्षा ४ मा अध्ययनरत १० बर्षिया छात्रा विनिषा थापा रहेकी छन्।

कक्षा ६ मा अध्ययरत १२ बर्षिया अस्मिता थापा र कक्षा ३ मा अध्ययरत ८ बर्षिया सोनिषा थापाको  दमौलीस्थित रत्नहरी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनिहरुको अवस्था पनि गम्भिर रहेको प्रहरीको जनाएको छ।

प्रकाशित: १९ असार २०७५ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App