१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राप्तीमा पानीको सतह झन् बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

वर्षाले जलमग्न भएको बाँकेस्थित राप्तीपारीका गाउँ। तस्बिर: नागरिक

नेपालगन्ज-पहाडी क्षेत्रमा बर्षा नरोकिएपछि राप्ती नदीमा पानीको सतह झन् बढ्दै गएको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा सोमबार बेलुका साढे ६ बजे गरिएको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ४ मिटर ६५ सेन्टिमिटर पुगेको छ। नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि राप्तीको तल्लो तटिय क्षेत्रमा डुबान सुरु हुन्छ। ईलाका प्रहरी कार्यालय कुसुमका प्रहरी ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक (सई) पदम ओलीले राप्ती नदीको सतह झन्–झन् बढिरहेको बताए। ‘नदीको सतह घट्ला भन्ने सोचेका थियौं, तर झन् बढ्दै गएको छ,’ उनले भने।

नदीको सतह बढेपछि नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहेर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ। सोमबार बिहान नदीको सतह २ मिटर भएकोमा क्रमशः बढेर अपरान्हसम्म साढे ४ मिटर पुगेको थियो। राप्तीपारीका बासिन्दालाई बाढीबाट सर्तक रहन आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। ‘राप्ती नदीको आसपासका गाउँमा सर्तक रहन सुरक्षाकर्मी मार्फत सचेत गराएका छौं, नदीको सतह नघट्दासम्म हामी सर्तक गराईरहन्छौं,’ उनले भने।

राप्तीमा पानीको सतह बढ्न थालेपछि नदी छेउछाउका बासिन्दा त्रसित बनेका छन्। भारतले अन्तर्ष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी दर्जनौं गाउँहरु डुबान पर्दै आएका छन्।

 

 

प्रकाशित: १८ असार २०७५ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App