११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

जलमग्न वीरगन्ज (भिडियो)

वीरगन्ज- असारको पहिलो झरीले नै वीरगन्जवासीलाई चिन्ता थपेको छ। रातिदेखि आएको अविरल वर्षाले वीरगन्जलाई जलमग्न बनाएको छ। वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।

वीरगञ्जको मुख्यबजार क्षेत्रमा समेत पानीले निकास नपाउँदा सर्वसाधारणले जनजीवन कष्टकर बनेको छ।

वर्षाको पानीले निकास नपाउँदा घरहरुमा पानी पसेको छ। पसल तथा ब्यपारिक गोदामहरु भित्र पानी पसेर करोडौंको क्षती भएको अनुमान गरिएको छ। सडकमा जथाभावी रहेका फोहोर अहिले सडकमा जमेका पानीमा मिसिएर फैलिएको छ। सडकमा पानी जमेका कारण स्कुल जाने बालबालिकाहरु समस्यामा परेका छन्। पानीका कारण कतिपय विद्यालयमा पढाई समेत प्रभावित भएको छ।

 

प्रकाशित: १८ असार २०७५ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App