१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अंशवण्डा विवादमा बाबुले गरे छोराको हत्या

कपिलवस्तु– यशोधरा गाउपालिका–३ बसन्तपुरको हर्दिहवा गाउका ७२ बर्षे मोहन बरईले आफ्नै छोराको सोमबार हत्या गरेका छन्। जग्गाको अंश विवाद हुँदा बरइले छोरा ५० बर्षे तिर्थलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

कोदालो प्रहारबाट छोरा तिर्थको घाटी छिनाइएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए।उनका अनुसार ओरापी मोहनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

जग्गाको बिषयमा विवाद भएपछि छोराले अदालतमा बाबुबिरुद्ध मुद्दा दर्ता गरेका थिए। अदालतबाट मुद्दा जितेसंगै छोरा तिर्थले आफ्नो नाममा रहेको जग्गा अरुलाई दिने निर्णय गरेका थिए। छोराले दैनिक रुपमा मानसिक तनाव दिने र गालीगलौच गरेकाले आफ्नै छोराको आक्रोशमा आई हत्या गरेको प्रारम्भिक सोधपुछका क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ असार २०७५ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App