१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वातावरण प्रदुषणको परिणाम हाे : माैसमविद्

बुटवल – आकाशबाट हुने वर्षा भनेपछि पानी र त्यससँगै कहिलेकाही असीना झर्ने बुझिन्छ। तर शुत्रबार राति आकाशबाट हिलेपानी बर्सीयो। बुटवल भैरहवामा शुक्रबार संसाझै साढे सात बजेतिर केहिछिन रिमझिम पानी परेर रोकीएको  थियो। त्यसलगत्तै केहीबेर  पछि आकाशबाट हिले वर्षा भयो। घरबाहिर पार्कीङ्ग गरी राखेका गाडी, मोटरसाइकलमा छपक्कै हिलोले ढाकेपछि सर्वसाधारणले  हिले वर्षा भएको थाहा पाएका थिए।

भैरहवाका संचारकर्मी शम्भु पन्तले शुक्रबार राति ९ बजेतीर पार्कीङ गरेको गाडी हिलाम्मे भएको देखेपछि अचम्मका परेको बताए। आकाशबाट पानीसँगै बाक्लै हिलोका छिटा झरेपछि सर्वसाधारणले यसबारे बिभिन्न अड्कल काटन थालेका छन्। पाको पुस्ताले अनिष्टको संकेत पनि भनेका छन्। तर मौसमविद्हरुले भने यसलाइ वातावरण प्रदुषण र भारतीय धुलोको परिणाम भएको बताएका छन्। भारतको राजस्थानदेखि आएको धुलो र आन्तरिक धुँवा धुलोका कारण पानीसँगै डष्ट मिसिएर झरेको मौसमविद् बरुण पौडेलले बताए।

नेपाल जल तथा मौसम विज्ञान विभाग काठमाडौंका अनुसार धुलोका कण सहितको वर्षा रुपन्देहीमा मात्रै नभइ पश्चिम तरार्इका अधिकांश जिल्लामा भएको छ। पौडेलका अनुसार शुक्रबार बिहान देखिनै रुपन्देही कपिलबस्तु, नवलपरासी, दाङ्ग, बाँके लगायतका जिल्लामा भारतबाट हावा हुरीले ल्याएको धुँलोका  कणले आकास ढाकेको थियो। ‘वर्षा हुँदा त्यही डष्ट पानीसँगै झर्न सुरु भएको हो’, मौसमविद् पौडेलले भने, ‘यो क्रम कुनै ठाँउमा कम र कही अली बढी देखिएको छ।’  

मौसमविद पौडेलका अनुसार भारतको राजस्थानको मरुभुमी, लखनउ, दिल्लीमा बुधबार रातीदेखि ठुलो हावा हुरी चलेको थियो। हुरीले राजस्थानको धुँलो भारतको दिल्ली उत्तर प्रदेश हुँदै पश्चिम नेपालको तराइ प्रवेस गरेको हो। ‘बिहीबार राति देखिनै नेपाल प्रवेस गरेको धुँलोले यहाँको आकाश ढपक्कै ढाक्यो। हुरी रोकिएर बर्षा हुँदा त्यही धुलो पानीमा मिसीएर झरयो’ मौसमविद पौडेलले भने। उनका अनुसार आन्तरिक प्रदुषण बढी हुने स्थान तथा जिल्लाहरुमा पानीमा धुलो अथवा फोहोरको मात्रा बढी छ। काठमाडौंमा पनि वर्षासँगै धुलोका कण भेटिए पनि रुपन्देही लगायतका पश्चिम तराइका जिल्लामा हिलो बढी झरेको थियो ।

लुम्बिनी आसपासमा धेरै सिमेन्ट तथा इटा उद्योगहरु छन्। तीनले धुवा धुलोको प्रदूषण नियन्त्रणकालागि आधुनिक उपकरण जडान गर्नुपर्ने भएपनि त्यसो गरेका छैनन्। जस कारण स्थानीय आकाशमा भएको प्रदूषण समेत मिसिदा भैरहवा क्षेत्रमा यो समस्या बढी देखिएको हुन सक्ने मौसमविद् पौडेलले बताए। धुलोसँगै विभिन्न उद्योग कलकारखानाबाट निस्कने रसायनयुक्त प्रदूषण पनि पानीमा मिसीने भएकाले यसले मानव स्वास्थ्यमा असर गर्न सक्ने उनले बताए।

धुलो मिसिएको प्रदुषित पानीले छालामा एलर्जी जस्ता समस्या देखिन सक्ने सम्भावना भएकाले सकेसम्म पानीमा नभिज्न र त्यस्तो पानी प्रयोग नगर्न  चिकित्सकहरुले सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान बिभाग काठमाडौंका अनुसार  गएरातिदेखि  मरुभुमीबाट धुलो आउन रोकिएको छ। तर नेपाली आकाश अझै धुमिल भएकाले आज पनि  धमिलो वर्षा हुन सक्ने विभागका मौसमविद् पौडेलले बताए। यसअघि यस्तो खालको हिले बर्षाका भएको सम्बन्धमा भने उनले खासै जानकारी नभएको बताए।

प्रकाशित: २ असार २०७५ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App