१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चट्याङले उदयपुरमा ४ घाइते

उदयपुर – मंगलबार बिहान परेको चट्याङले लागेर उदयपुरमा ४ जना घाइते भएका छन्। घाइते हुनेमा एकैघरका ३ जना रहेका छन्। बिहान ३ः०० बजे वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको ताप्ली गाउँपालिका १ शाहीडाँडाका ५१ वर्षीय सागरनाथ सुनुवार, बुहारी २९ वर्षीया इच्छा र नाति ७ वर्षीय सुशील घाइते भएका छन्।

घरमै सुतिरहेका बेला अविरल वर्षासँगै परेको चट्याङले घाइते उनीहरू सबै बोल्न नसक्ने भएका छन्। त्यसैगरी कटारी नगरपालिका ९ बतासेकी १३ वर्षीया अस्मिता कार्कीलाई बिहान २ः३० बजे चट्याङले हानेर गम्भीर घाइते बनाएको छ। उनीहरू सबैको कटारी अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर रेफर गरिएको इलाका प्रहरी कर्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ। 

चट्याङले लागेर अस्मिताको एकापट्टीको घाँटी डढेर थिलथिलो बनाएको छ भने दायाँ कानबाट रगत बगिरहेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्। सुनुवार परिवारका घाइतेको शरीरका विभिन्न भाग डढेको तथा कान नसुन्ने र जिब्रो नचल्ने अवस्थामा पुगेको कटारी अस्पतालले जनाएको छ। 

अस्पतालमा ड्युटीरत इलाका प्रहरी कार्यालय कटारीका हवल्दार गोरख कार्कीले बिहान ५ः०० बजे उपचारार्थ कटारी अस्पताल ल्याइपु¥याइएको तर त्यहाँ उपचार संम्भव नभएपछि उनीहरू सबैलाई विराटनगर रेफर गरिएको बताए। वर्षेनी पर्ने चट्याङले उदयपुरमा व्यापक जनधनको क्षती गर्ने गरेको छ। 

प्रकाशित: २९ जेष्ठ २०७५ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App