१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

त्रिशुलीमा ट्रक खस्दा दुई बेपत्ता

धादिङ – पृथ्वी राजमार्गस्थित त्रिशुली नदीमा गएराति ट्रक खस्दा दुईजना बेपत्ता भएका छन्।

भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना५ख ३४१५ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित जोगिमाराको तिक्राङखानीबाट त्रिशुली नदीमा खसेको हो।

बेपत्ता हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीया ट्रक चालक टोपबहादुर श्रेष्ठ, र सोही ठाँउका श्याम रहेका छन्। श्यामकाे थर खुल्न सकेकाे छैन। ट्रक सडकबाट करिव ९० फिट तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।

ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७५ ०२:५५ शनिबार

त्रिशुलीमा ट्रक खस्दा दुई बेपत्ता