९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

१७ किलो सुन ओसारपसारमा संलग्न तामाङ पुर्पक्षको लागि थुनामा

रसुवा– १७ किलो अवैध सुन ओसार पसारमा संलग्न रहेका कार्साङ दावा तामाङलाई जिल्ला अदालत रसुवाले पुर्पक्षका लागि थुनामा पठाएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय तामाङलाई रसुवा कारागार चलान गरिएको हो।

अदालतको फैसला अनुसार उनलाई तीन वर्ष कैद र आठ करोड १४ लाख ९८ हजार जरिवाना तोकिएको थियो । अदालतले तोकेको जरिवाना तिर्न नसक्ने बताएपछि कैद र जरिवाना वापत लाग्ने कैद पछि कैदीपूर्जी पठाउने गरी थुनामा यथावत राख्न पत्र पठाएको जिल्ला अदालत रसुवाले जनाएको छ ।

चीनको केरूङबाट अवैध रुपमा बोलेरोमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले गत मंसिर २ गते रसुवागढी नाकाबाट पक्राउ गरेको थियो ।

केरूङबाट नेपालतर्फ आउँदै गरेको बा ११ च ७९१८ नम्बरको बोलेरोमा फल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुन फेला परेको थियो ।

प्रकाशित: २२ जेष्ठ २०७५ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App