२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अवैध ३ लाख भारुसहित ४ पक्राउ

काठमाडौं– सशस्त्र प्रहरीले अवैध ३ लाख भारतीय रुपैयाँसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। 

राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्रको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका १० बाट शुक्रबार करिब २ लाख ९२ हजार २ सय भारतीय रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारत घर बताउने २७ वर्षीय नासिर हुसेन, ३० वर्षीय मनोज सिंह विष्ट, ३४ वर्षीय नारायण दास र २८ वर्षीय विनय सेसवाली रहेका छन्। 

गस्तीमा खटिएको एपीएफ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा निजहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको डीएसपी अजय छतकुलीले जानकारी दिए।

प्रकाशित: १९ जेष्ठ २०७५ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App