१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रुखले किचेर ज्यान गयो

इलाम – रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ। दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो।

घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ। देवानको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ।

रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए।   (रासस)

प्रकाशित: १६ जेष्ठ २०७५ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App