१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरीमा डुबेर मृत्यु

राजविराज – सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर मंगलबार बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ। 

सोरा खेल्दाखेल्दै घर नजिकैमा रहेको पोखरीमा डुबेकी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।   (रासस)

प्रकाशित: १५ जेष्ठ २०७५ ०८:३४ मंगलबार

पोखरीमा डुबेर मृत्यु