२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित ५ पक्राउ

इलाम – प्रहरीले इलामको चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ।

चुलाचुली गाउँपालिका–१ कमलबाट प्रहरीले नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजीत चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो।

युवाहरू भेला भएर झगडा गरिरहेको सूचना पाएपछि पेल्टीमारीबाट खटेको प्रहरी टोलीले युवा सुतेको गोठमा भरुवा बन्दुकसमेत फेला पारेकाले बन्दुकसहित उनीहरूलाई पक्रेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एसपी माधवप्रसाद श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। उनीहरूविरुद्ध हातहतियार तथा खरखजनाअन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०७५ १०:४० शुक्रबार

भरुवा बन्दुकसहित पक्राउ