८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतीय ट्रकमा आगलागी

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका वडा न ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगलागी भएको छ। सडक नजिकै रोकिराखेको आरजे४२ग ५०२१ र आरजे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ। 

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रकमा अाइबार बिहान करिब ३ आगलागी भएको थियो। आगो लागेपछि चार वटा डोजरको सहयोगमा ट्रक वरिपरी माटो हालेर आगो निभाउने प्रयास गरिएको थियो। आगलागी भएको २ घण्टापछि काठमाडाैं महानगरको दमकल अाएपछि आगो नियन्त्रणमा अाएकाे थियाे। 

आगलागीबाट मानवीय क्षति भएको छैन। बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीय त्रसित भएका थिए। आगलागी पछि विद्युतको तार जल्दा विद्युत सेवा अवरुद्द भएको छ। आगो कसरी लाग्यो भन्नेबारे पुष्टि हुन नसकेको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी रामबहादुर केसीले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०७५ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App