२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ज्यान मुद्दाको अभियोगमा मेयर पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्धाको अभियोगमा रौटहट कटहरिया नगरपालिकाका प्रमुख (मेयर) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले जन्मकैदको सजाय सुनाइएका कटहरियाका मेयर सियाराम कुशवाहालाई काठमाडौबाट पक्राउ गरेको हो ।

माओवादी केन्द्रबाट मेयरमा निर्वाचित कुशवाहालाई माओवादी नेता प्रभु शाहको स्वकीय सचिव हुँदा हत्या अभियोगमा मुद्दा लगाइएको थियो।

हिन्दु युवा संघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उनी पक्राउ परेका हुन । कुशवाहालाई जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जन्मकैदको फैसला सुनाएको थियो । माओवादी केन्द्रबाट मेयरमा निर्वाचित कुशवाहालाई माओवादी नेता प्रभु शाहको स्वकीय सचिव हुँदा हत्या अभियोगमा मुद्दा लगाइएको थियो। गत फागुनमा नगर प्रमुख कुशवाहालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले जन्मकैदको फैसला सुनाएको थियो । हिन्दु यूवा संघका संस्थापक तिवारीको हत्यामा दोषी ठहर गर्दै इजलाशले कुशवाहलाई जन्मकैदको फैसला सुनाएको थियो । गत फागुन २८ गते नै फैसला भएपछि उनी फरार रहँदै आएका थिए ।

‘जन्मकैदको फैसला भएपछि उनी फरार भएका थिए उच्च अदालतबाट जन्मकैदको फैसला भएको थियो सोही अनुसार पक्राउ गरिएको हो’, सिआइवी प्रमुख प्रहरी नायवमहानीरिक्षक (डिआइजी) पुस्कर कार्कीले भने । उनका अनुसार फैसला कार्यान्वयनका लागि अदालतमा लगिएको छ । यसअघि पर्सा जिल्ला अदालतले कुशवाहालाई सफाई दिएपछि तिवारीकी श्रीमती बवितादेवि तिवारीले मुद्धा दायर गरेकी थिइन । सोही आधारमा उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासका न्यायधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयूक्त इजलासले नगर प्रमूख कुशवाहालाइ जन्मकैदको फैसला गरेको हो । हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगन्जको अशोकवाटिका स्थित शीव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा सवार भइ मन्दिरमा पुगेका सियराम कुशवाहा र बाराको हरैयाका अमन प्रसाद कुशवाहा मध्ये सियारामले पेस्तोल चलाएर तिवारीको हत्या गरेका थिए । हत्या पछि फरार रहेका कुशावाहालाई प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्ष पछि २०७० साल पुष १ गते चितवनको भण्डाराबाट पक्राउ गरेको थियो । तर जिल्ला अदालत पर्साले उनी निर्दोष रहेको भन्दै सफाइ दिएपछि पक्राउ परेको एक महिनामै जेलमुक्त भएका थिए । तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाइ भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरको थियो। उनी हाल वीरगन्ज कारागारमा छन् । अमनकै बयानका आधारमा प्रहरीले कुशवाहालाई पनि पक्राउ गरेको थियो ।

प्रकाशित: २७ वैशाख २०७५ ११:४७ बिहीबार

ज्यान मुद्दाको अभियोगमा मेयर पक्राउ