१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा विद्युत अवरुद्ध

गोरखा– भीषण वर्षात सँगैको हावाहुरीले गोरखामा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका अनुसार गोरखा नगरपालिका ८ नगरपालिका चोक नजिकै रहेको फलामे पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो। 

‘११ केभी र थ्रिफेज लाइन सप्लाई गरिएको फलामे पोल ढलेको छ’ वितरण केन्द्र गोरखाका प्रमुख माधव न्यौपानेले भने। बजार क्षेत्रमा फलामे फोल ढलेपछि बत्ती अनिश्चित भएको छ।

प्रमुख न्यौपानेका अनुसार ग्रामिण भेगबाट काठको पोल ढलेको सूचना आइरहेकाले कति क्षति भयो भन्ने अझै यकिन भएको छैन्। थुप्रै काठका पोलमा क्षति पुगेको अनुमान प्राधिकरणको छ। गोरखा खैरेनी खण्डमा पनि रुख ढल्दा लाइन जडित तारमा पनि क्षति पुगेको छ। 

वितरण केन्द्रले सोमबार राति अबेरसम्म भएपनि गोरखा बजार क्षेत्रमा बिजुली सूचारु गराउन प्रयास गरेपनि अहिले वर्षा भइरहेका कारण सम्भव नभएको प्रमुख न्यौपानेले बताए। 

प्रकाशित: २४ वैशाख २०७५ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App