१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङबाट तीन जनाको मृत्यु

हेटौंडा- मकवानपुर जिल्लाको मनहरि गाउँपालिका-२ ढलिपाङ र हेटाैंडा उपमहानगरपालिका-१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका(२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए। 

यसैगरी उक्त चट्याङपछि गम्भीर घाइते भएकी हेटाैंडा उपमहानगरपालिका–१६ चिसापानी बस्ने १५ वर्षीया सलिना श्रेष्ठलाई थप उपचारका लागि हेटौँडा अस्पतालबाट चितवनको मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रकाशित: २४ वैशाख २०७५ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App